यस गोपनीयता कथन Microsoft को वेबसाइटहरू, सेवाहरू र उत्पादनहरूमा लागू हुने गर्दछ जस्ले लगत सङ्कलन गरि यी सर्तहरू प्रदर्शन गर्दछ, साथ-साथै तिनीहरूको अफलाइन समर्थन सेवाहरू पनि। यो Microsoft साइटहरू, सेवाहरू र उत्पादनहरूमा लागू हुँदैन जसले यस कथन प्रदर्शन गर्दैन वा यससँग लिङ्क राख्दैन वा तिनिहरूको आफ्नै गोपनीयता कथनहरू छन्।
कृपया तलका संक्षिप्तहरू पढ्नुहोस् र खास विषयमा थप विवरणहरूको लागि "थप जान्नुहोस्" क्लिक गर्नुहोस्। तपाइँले उत्पादनको गोपनीयता कथन हेर्नको लागि माथि सूचीत उत्पादनहरूबाट चयन पनि गर्न सक्नुहुनेछ। यस कथनमा उल्लेख गरिएको केही उत्पादनहरू, सेवाहरू वा सुविधाहरू सबै बजारहरूमा उपलब्ध नहुन सक्छ। तपाइँले Microsoft द्वारा तपाइँको गोपनीयता सुरक्षा गर्ने दायित्व बारे थप जानकारी यहाँ पाउन सकिन्छ http://www.microsoft.com/privacy।
प्राय Microsoft साइटहरूले "कुकीहरू" प्रयोग गर्दछ, साना पाठ फाइलहरू जसलाई डोमेनमा रहेको वेब सर्भरद्वारा पढ्न सकिन्छ जसले कुकीलाई तपाइँको हार्ड ड्राइभमा राख्दछ। हामीले तपाइँको अभिरुचिहरू र सेटिङ्हरू भण्डारण गर्न; साइन-इनमा मद्दत गर्न; लक्षित विज्ञापनहरू उपलब्ध गराउन; र साइट सञ्चालनहरू विश्लेषण गर्नको लागि कुकीहरू प्रयोग गर्न सक्छौँ।
हामीले कुकीहरू वितरण गर्न मद्दत गर्न र विश्लेषणहरू जम्मा गर्न web beacons पनि प्रयोग गर्छौँ। यसले तेस्रो-पक्षको web beacons प्रयोग गर्न सक्छ, जसलाई तपाइँको व्यक्तिगत जनकारी सङ्कलन गर्नबाट निषेध गरिएको छ।
तपाइँसँग कुकीहरू र समान प्रविधिहरू नियन्त्रण गर्नको लागि विभिन्न उपकरणहरू रहेका छन्, जस्मा:
कुकीहरूको हाम्रो प्रयोग
प्राय सबै Microsoft वेब साइटहरूले "कुकीहरू" प्रयोग गर्दछन्, जुन वेब सर्भरद्वारा तपाइँको हार्ड डिस्कमा राखिएको साना पाठ फाइलहरू हुन्। कुकीहरूले पाठ समावेश गर्दछ जुन तपाइँलाई कुकी दिएको डोमेनमा मा रहेको सर्भरद्वारा पढ्न सकिनेछ। त्यस पाठले प्राय नम्बरहरू र अक्षरहरूको श्रृङ्खला समावेश गर्दछ जसले तपाइँको कम्प्युटरलाई बेजोड रूपमा पहिचान गर्दछ, तर अरू जानकारी पनि समावेश गरेको हुनसक्छ। यहाँ कुकी भित्र राखिने पाठको उदाहरण रहेको छ जुन तपाइँले हाम्रो वेब साइटहरू मध्ये कुनै एक भ्रमण गर्नुभएको बेला Microsoft ले तपाइँको हार्ड डिस्कमा राख्न सक्नेछ: E3732CA7E319442F97EA48A170C99801
हामीले यसका लागि कुकीहरू प्रयोग गर्छौँ:
हामीले सामान्य रूपमा प्रयोग गर्ने कही कुकीहरू निम्न रेखाचित्रमा सूचीबद्ध गरिएका छन्। यस सूची पूर्ण छैन, तर यसको उद्देश्य भनेको हामीले कुकीहरू तय गर्ने केही कारणहरूको उदाहरण दिनु हो। यदि तपाइँले हाम्रो वेब साइटहरू मध्ये कुनै भ्रमण गर्नुभयो भने, त्यस साइटले निम्न कुकीहरूका केही वा सबै कुकीहरू तय गर्न सक्नेछ:
तपाइँले हाम्रो वेब साइटहरू भ्रमण गर्दा Microsoft ले तय गर्न सक्ने कुकीहरूको थपमा, तपाइँले Microsoft साइटहरू भ्रमण गर्दा तेस्रो पक्षले पनि तपाइँको हार्ड ड्राइभमा विशेष कुकीहरू तय गर्न सक्नेछ। केही अवस्थाहरूमा, त्यो किनभने हामीले हाम्रो तर्फबाट विशेष सेवाहरू उपलब्ध गराउनको लागि तेस्रो पक्षलाई भाडामा लिएका हुन्छौँ, जस्तै साइट विश्लेषणहरू। अरू अवस्थाहरूमा, यो किनभने हाम्रो वेब पृष्ठहरूले तेस्रो पक्षहरूवाट सामग्री वा विज्ञापनहरू समावेश गर्दछ, जस्तै भिडियोहरू, सामाचार सामग्री वा अरू विज्ञापन सञ्जालहरूद्वारा वितरण गरिएको विज्ञापनहरू। तपाइँको ब्राउजरले त्यस सामग्री पाउनको लागि ती तेस्रो पक्षहरूको वेब सर्भरमा जडान गर्ने भएको कारणले गर्दा, ती तेस्रो पक्षहरूले तपाइँको हार्ड ड्राइभमा तिनीहरूको आफ्नै कुकीहरू तय गर्न वा पढ्न सक्षम भएका हुन्।
कुकीहरू कसरी नियन्त्रण गर्ने
उदाहरणको लागि, Internet Explorer 9 मा, तपाइँले निम्न चरणहरू पालना गरि कुकीहरूलाई छेकाबर गन सक्नुहुन्छ:
अन्य ब्राउजरहरूमा कुकीहरूलाई छेकबार गर्नको लागि निर्देशनहरू http://www.allaboutcookies.org/manage-cookies/ मा उपलब्ध छ।
क्रिपया सचेत हुनुहोस् यदि तपाइँले कुकीहरू रोक्न चयन गर्नुभयो भने, तपाइँले कुकीहरूमा निर्भर हुने Microsoft साइटहरू र सेवाहरूमा साइन इन गर्न वा अरू अन्तरक्रियात्मक सुविधाहरू प्रयोग गर्न सक्नुहुने छैन, र कुकीहरूमा निर्भर हुने केही विज्ञापन अभिरुचिहरू लेहाज गर्न सक्षम हुने सक्ने छैन।
उदाहरणको लागि, Internet Explorer 9 मा, तपाइँले निम्न चरणहरू पालना गरि कुकीहरू मेटाउन सक्नुहुन्छ:
अन्य ब्राउजरहरूमा कुकीहरूलाई मेटाउनको लागि निर्देशनहरू http://www.allaboutcookies.org/manage-cookies/ मा उपलब्ध छ।
कृपया सचेत रहनुहोस् यदि तपाइँले कुकीहरू मेटाउन चयन गर्नुभयो भने, विज्ञापन अभिरुचिहरू समावेश गरि, ती कुकीहरूद्वारा नियन्त्रित कुनैपनि सेटिङ्हरू र अभिरुचिहरू, मेटाइनेछन् र पुन: सिर्जना गर्न आवश्यक पर्न सक्नेछ।
"ट्रयाक नगर्नुहोस्" र ट्रयाकिङ् सुरक्षाको लागि ब्राउजरले नियन्त्रणहरू। केही अझ नयाँ ब्राउजरहरूमा संयोजित "ट्रयाक नगर्नुहोस्" सुविधाहरू हुने गर्दछ। प्राय यी सुविधाहरू, जब अन गरिन्छ, यसले तपाइँले भ्रमण गर्ने वेब साइटहरूमा तपाइँ आफू ट्रयाक चाहनु नभएको कुराको सङ्केत दिँदै सङ्केत वा अभिरुचिहरू पठाउने गर्दछ। ती साइटहरू (वा ती साइटका तेस्रो पक्ष सामग्री) को गोपनीयता अभ्यासहरूको आधारमा, तपाईंले यस अभिरुचिलाई व्यक्ग गर्नुभएता पनि ती साइटहरूले ट्रयाकिङ्को रूपमा हेर्नुभएको गतिविधिहरूमा संलग्न हुन जारी राख्न सक्नेछ।
Internet Explorer 9 र 10 सँग ट्रयाकिङ् सुरक्षा भनिने सुविधा रेहेको छ जसले तपाइँ जानुभएको वेब साइटहरूले तपाइँको भ्रमण बारे तेस्रो-पक्ष सामग्री प्रदायहरूमा स्वचालित रूपमा विवरणहरू पठाउन रोक्न मद्दत गर्दछ। जब तपाइँले ट्रयाकिङ् सुरक्षा सूची थप्नुहुन्छ, Internet Explorer ले ब्लक गरिनु पर्ने साइटहरूको सूचीमा राखिएका कुनैपनि साइटबाट, तेस्रो-पक्ष सामग्री, साथै कुकीहरू ब्लक गर्दछ। यी साइटहरूमा कलहरू सीमित गरि, Internet Explorer ले तपाइँको बारे यी तेस्रो-पक्ष साइटहरूले सङ्कलन गर्ने जानकारी सीमित गराउँदछ। र जब तपाइँको ट्रयाकिङ् सुरक्षा सूची सक्षम गरिएको हुनेछ, Internet Expolrer ले तपाइँले भ्रमण गर्ने वेब साइटहरूमा ट्रयाक नगर्नुहोस् सङ्केत वा अभिरुचि पठाउने छ। साथ-साथै, Internet Explorer 10 मा तपाईंले स्वतन्त्र रूपमा चाहेअनुसार DNT "खोल्न" वा "बन्द" गर्न सक्नुहुन्छ। ट्रयाकिङ् सुरक्षा सूचीहरू र ट्रयाक नगर्नुहोस्को बारेमा जानकारीको लागि, कृपया Internet Explorer गोपनीयता कथन वा Internet Explorer मद्दत हेर्नुहोस्।
व्यक्तिगत विज्ञापन कम्पनीहरूले तिनीहरूको आफ्नै अप्ट-आउट क्षमताहरू र अरू उन्नत विज्ञापन छनोटहरू प्रदान गर्न सक्नेछ। अहिलेको लागि, Microsoft को विज्ञापन अभिरुचि र अप्ट-आउट नियन्त्रणहरू http://choice.live.com/advertisementchoice/ मा उपलब्ध छन्। कृपया नोट गर्नुहोस् कि अप्ट आउट गर्नुको मतलब तपाइँले विज्ञापनहरू पाउन रोक्ने वा थोरै विज्ञापनहरू देख्ने होइन; तापनि, यदि तपाइँले अप्ट आउट गर्नुभयो भने, तपाइँले प्राप्त गर्नुभयो विज्ञापनहरू व्यावहारिक रूपमा लक्षित हुने छैनन्। यसका अतिरिक्त, बाहिरिनेले हाम्रो सर्भरमा जाने जानकारी रोक्दैन, तर यसले प्रोफाइलको सिर्जना वा अद्यावधिक गर्न रोक्छ जुन व्यवहारमुखी विज्ञापन प्रयोग गर्छ।
web beacons को हाम्रो प्रयोग
Microsoft वेब पृष्ठहरूले वेब वेकनहरू भनेर चिनिने विद्युतीय छविहरू समावेश गर्दछ - कुनै समय सिङ्गल-पिक्सेल गिफ्स भनिने - जसलाई हाम्रो साइटहरूमा कुकीहरू प्रदान गर्नको लागि मद्दत गर्न प्रयोग गर्न सकिन्छ, हामीलाई ती पृष्ठहरू भ्रमण गरेका प्रयोगकर्ताहरूलाई गणना गर्न र सह-प्रमाणित सेवाहरू वितरण गर्न दिनेछौं। यदि सन्देशहरू खोलिएका छन् र त्यस माथि कार्य गरिएको छ वा छैन भनि पत्ता लगाउनको लागि हामीले हाम्रा अविवृद्धि इ-मेल सन्देशहरू र समाचारपत्रहरूमा web beacons समावेश गर्न सक्छौँ।
हामीलाई Microsoft साइटमा रहेका विज्ञापनमा क्लिक गर्नाले विज्ञापकको साइटमा खरिद वा अन्य कार्य कतिको हुने गर्दछ भन्ने तथ्याङ्क विकास गर्न दिनको लागि हामी अरू कम्पनीहरूसँग काम गर्न पनि सक्छौँ जसले तिनीहरूको साइटहरूमा वेब विकनहरू राख्नको लागि Microsoft साइटहरूमा विज्ञापन राख्ने गर्दछ।
अन्तमा, हाम्रो अविवृद्धि अभियानहरू वा वेब साइट सञ्चालनहरूको प्रभावकारितासँग सम्बन्धित समष्टीकरण गरिएको तथ्याङ्कहरू सङ्कलन गर्न मद्दतको लागि Microsoft साइटहरूले तेस्रो पक्षहरूबाट web beacons समावेश गर्न सक्छ। यी web beaconsले तेस्रो पक्षहरूलाई तपाइँको कम्प्युटरमा कुकी तय गर्न वा पढ्न अनुमति दिनेछ। तपाइँको व्यक्तिगत जानकारी पहुँच गर्नबाट रोक्न हामीले तेस्रो पक्षहरूलाई हाम्रो साइटहरूमा web beacons प्रयोग गर्नबाट निषेध गरेका छौँ। तथापि, तपाइँले लगत सङ्कलन वा यी तेस्रो-पक्ष विश्लेषण कम्पनीहरूद्वाराको प्रयोगलाई निम्न विश्लेषण प्रदायकहरू मध्ये प्रत्येक लिङ्कहरूलाई क्लिक गरि अप्ट आउट गर्न सक्षम हुन सक्नुहुनेछ:
अरू समान प्रविधिहरू
निर्धारित कुकीहरू र web beaconsको थपमा, वेब साइटहरूले तपाइँको कम्प्युटरमा रहेको लगत फाइलहरू भण्डारण गर्न र पढ्नको लागि अरू प्रविधिहरू प्रयोग गर्न सक्छ। तपाइँको अभिरुचिहरू व्यवस्थित गर्न वा स्थानीय रूपमा विशेष फाइलहरू भण्डारण गरि गति र कार्यसम्पादन सुधार गर्नको लागि यसो गर्न सकिन्छ। तर, निर्धारित कुकीहरू जस्तै, यसलाई तपाइँको कम्प्युटरकोलागि अनुपम पहिचानक भण्डारण गर्नको लागि पनि प्रयोग गर्न सकिन्छ, जसलाई त्यसपछि व्यवहार ट्रयाक गर्न प्रयोग गर्न सकिन्छ। यी प्रविधिहरूमा स्थानीय साझा वस्तुहरू (वा "फ्ल्यास कुकीहरू") र Silverlight एप्लिकेसन भण्डारण समावेश गरिएको छ।
स्थानीस साझा वस्तुहरू वा "फ्ल्यास कुकीहरू।" Adobe Flash प्रविधिहरू प्रयोग गर्ने वेब साइटहरूले तपाइँको कम्प्युटरमा लगत भण्डारण गर्नको लागि स्थानीय साझा वस्तुहरू वा "फ्ल्यास कुकीहरू" प्रयोग गर्न सक्नेछ। याद गर्नुहोस् कि निर्धारित कुकीहरूको लागि फ्ल्यास कुकीहरू सफा गर्ने क्षमता तपाइँको ब्राउजर सेटिङ्द्वारा नियन्त्रण हुन वा नहुन पनि सक्छ जबकि तिनीहरू ब्राउजर अनुसार भिन्न हुन सक्छन्। फ्ल्यास कुकीहरू व्यवस्थित गर्न वा रोक्नको लागि, http://www.macromedia.com/support/documentation/en/flashplayer/help/settings_manager.html मा जानुहोस्।
Silverlight एप्लिकेसन भण्डारण। Microsoft Silverlight प्रविधि प्रयोग गर्ने वेब साइटहरू वा एप्लिकेसनहरूसँग Silverlight एप्लिकेसन भण्डारण प्रयोग गरि लगत भण्डारण गर्ने क्षमता पनि रहेको हुन्छ। त्यस्ता भण्डारण व्यवस्थित गर्ने वा रोक्ने बारे जान्नकोलागि, Silverlight को भ्रमण गर्नुहोस्।
हामीले सक्ने उत्कृष्ट उत्पादनहरू, सेवाहरू र अनुभवहरू तपाइँलाई उपलब्ध गराउनको लागि र प्रभावकारी रूपमा सञ्चालन गर्नको लागि Microsoft ले धेरै प्रकारका जानकारीहरू सङ्कलन गर्ने गर्दछ।
तपाईले हाम्रो साइटहरू र सेवाहरूमा दर्ता, साइन इन र प्रयोग गर्दा हामीले जानकारी सङ्कलन गर्नेछौँ। हामीले अरू कम्पनीहरूबाट पनि जानकारी पाउन सक्नेछौँ।
हामीले यस जानकारी विभिन्न माध्यमहरूमा, वेब फारमहरू समावेश गरि, प्रविधिहरू जस्तै कुकीहरू, वेब लगिङ् र तपाईको कम्प्युटर वा अरू यन्त्रमा रहेको सफ्टवेयरबाट सङ्कलन गर्ने गर्छौँ।
हामीले सक्ने उत्कृष्ट उत्पादनहरू, सेवाहरू र अनुभवहरू तपाइँलाई उपलब्ध गराउनको लागि र प्रभावकारी रूपमा सञ्चालन गर्नको लागि Microsoft ले धेरै प्रकारका जानकारीहरू सङ्कलन गर्ने गर्दछ। यी मध्ये केही जनकारी तपाइँले हामीलाई प्रत्यक्ष रूपमा उपलब्ध गराउनु हुनेछ। यी मध्ये केही हामीले तपाइँले हाम्रो उत्पादनहरू र सेवाहरूसँग कसरी अन्तरक्रिया गर्नुहुन्छ त्यसलाई निरीक्षण गरि पाउने छौँ। यी मध्ये केही अरू स्रोतहरूबाट उपलब्ध हुन्छन् जुन हामीले प्रत्यक्ष रूपमा सङ्कलन गरेको लगतसँग समायोजन गर्न सक्छौँ। स्रोतलाई बेवास्ता गरि, हामी विश्वास गर्छौँ कि त्यस जानकारीलाई ध्यानसँग व्यवहार गर्न र तपाइँलाई आफ्नो गोपनीयता कायम राख्न मद्दतको लागि महत्त्वपूर्ण रहेको छ।
हामीले के सङ्कलन गर्छौँ:
हामीले कसरी सङ्कलन गर्छौँ:
तपाइँले हाम्रो साइटहरू र सेवाहरू कसरी प्रयोग गर्नुहुन्छ भन्ने बारे जानकारी जम्मा गर्नको लागि धेरै सङ्ख्यामा माध्यमहरू र प्रविधिहरू प्रयोग गर्ने गर्छौँ, जस्तै:
Microsoft ले हामीले सङ्कलन गरेको जानकारीलाई हामीले प्रदान गरेको उत्पादनहरू र सेवाहरू सञ्चालन, सुधार र व्यक्तिगतकरण गर्न प्रयोग गर्दछ।
हामीले यस जानकारीलाई तपाइँसँग संवाद गर्न पनि प्रयोग गर्न सक्छौँ, उदाहरणको लागि, तपाइँको तपाइँको खाता र सुरक्षा अपडेटहरूबारे जानकारी दिेने।
र हामीले यस जनकारीलाई तपाइँले हाम्रो विज्ञापन-समर्थित सेवाहरूमा हेर्ने विज्ञापनहरू थप सान्दर्भिक बनाउन मद्दतको लागि प्रयोग गर्न सक्छौँ।
Microsoft ले हामीले सङ्कलन गरेको जानकारीलाई हामीले प्रदान गरेको उत्पादनहरू र सेवाहरू सञ्चालन, सुधार र व्यक्तिगतकरण गर्न प्रयोग गर्दछ। तपाइँलाई हामीसँगको तपाइँको अन्तरक्रियाहरूमा थप एकरुपता र व्यक्तिगतकरण अनुभव दिनकोलागि एउटा Microsoft सेवाबाट सङ्कलन गरिएको जानकारीलाई अर्को Microsoft सेवाहरूबाट सङ्कलन गरिएको जानकारीसँग समायोजन गर्न सकिनेछ। हामीले यसलाई अरू कम्पनीहरूबा आएको जानकारीसँग परिपूरण गर्न सक्नेछौँ। उदाहरणका लागि, तपाइँको भौगोलिक क्षेत्रमा केही सेवाहरू अनुकुलन गर्नको लागि हामीले तपाइँको IP ठेगानामा आधारित साधारण भौगोलिक क्षेत्र पत्ता लगाउन मद्दतको लागि अरू कम्पनीहरूको सेवाहरू प्रयोग गर्न सक्नेछौँ।
तपाइँले तपाइँसँग संवाद गर्नको लागि पनि यस जानकारी प्रयोग गर्न सक्छौँ, उदाहरणको लागि, सदस्यता अन्त्य हुन लागेको बेला तपाइँलाई जानकारी दिने, तपाइँलाई सुरक्षा अपडेटहरू उपलब्ध भएको बेला थाहा दिने वा तपाइँको खाता सक्रिय राख्नको लागि तपाइँले कहिले कार्य गर्नु पर्छ भन्ने कुरा तपाइँलाई थाहा दिने।
Microsoft ले हाम्रा धेरै साइटहरू र सेवाहरू उपलब्ध गराउने गर्दछ किनभने तिनीहरूलाई विज्ञापनद्वारा समर्थन गर्ने गरिन्छ। यी सेवाहरूलाई फराकिलो रूपमा उपलब्ध गराउनको लागि, हामीले सङ्कलन गरेका जानकारीलाई तपाइँले हेर्ने विज्ञापनहरूलाई तपाइँको लागि थप सान्दर्भिक बनाइ सुधार गर्न प्रयोग गर्न सकिन्छ।
यस गोपनीयता कथनमा व्याख्या गरे बाहेक, हामीले तपाइँको सहमति बिना तपाइँको व्यक्तिगत जानकारी तेस्रो पक्षसँग खुलासा गर्ने छैनौँ।
हामीले कहिले जानकारी खुलासा गर्न सक्छौँ, साथैं Microsoft सम्बन्धित निकाय र बिक्रेताहरूसँत, कानुनद्वारा आवश्यक परेमा कानुनी प्रक्रियाको जबाफ दिने, ठगीसँग लड्ने र हाम्रो रुचिको सरुक्षा गर्ने, जीवनहरू बचाउने भन्ने बारे जानकारीको लागि कृपया अरू महत्त्वपूर्ण गोपनीयता जानकारी हेर्नुहोस्।
व्यक्तिगत जानकारी साझा गर्ने वा खुलासा गर्नेमा थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस्:
केही Microsoft सेवाहरूले तपाइँलाई आफ्नो व्यक्तिगत जानकारीहरू अनलाइन हेर्ने र सम्पादन गर्ने क्षमता दिनेछ। तपाइँको व्यक्तिगत जानकारी अरूहरूले हेर्नबाट जोगाउनको लागि, तपाइँले पहिले साइन इन गर्न आवश्यक छ। तपाइँले कसरी आफ्नो व्यक्तिगत जानकारी पहुँच गर्न सक्नुहुन्छ भन्ने कुरा तपाइँले प्रयोग गर्नुभएको साइटहरू वा सेवाहरूमा निर्भर हुनेछ।
Microsoft.com - तपाइँले आफ्नो प्रोफाइललाई microsoft.com मा पहुँच गर्न र अपडेट गर्न Microsoft.com प्रोफाइल केन्द्रमा भ्रमण गर्न सक्नुहुनेछ।
Microsoft पूर्जी र खाता सेवाहरू - यदि तपाइँसँग Microsoft पुर्जी खाता छ भने, तपाइँले आफ्नो जानकारीलाई यस Microsoft पुर्जी वेब साइट मा "व्यक्तिगत जानकारी" वा "पुर्जी जानकारी" लिङ्कहरूमा क्लिक गरि थप वा अपडेट गर्न सक्नुहुनेछ।
Microsoft Connect - यदि तपाइँ Microsoft Connect को दर्ता हुनुभएको प्रयोगकर्ता हुनुहुन्छ भने, तपाइँले आफ्नो व्यक्तिगत जानकारीलाई तपाइँको Connect प्रोफाइल व्यवस्थि गर्नुहोस् लाई Microsoft Connect वेब साइटमा क्लिक गरि पहुँच वा सम्पादन गर्न सक्नुहुनेछ।
Windows Live - यदि तपाइँले Windows Live सेवाहरू प्रयोग गर्नुभएको छ भने, तपाइँले आफ्नो प्रोफाइल कानकारी अपडेट गर्न, आफ्नो पासवर्ड परिवर्तन गर्न, तपाइँको पत्यारपत्रहरूसँग सम्बन्धित एक मात्र आई डी हेर्न, वा विशेषखातालाई Windows Live खाता सेवाहरूभ्रमण गरि बन्द गर्न सक्नुहुनेछ।
Windows Live सार्वजनिक प्रोफाइल - यदि तपाइँले Windows Live मा सार्वजनिक प्रोफाइल सिर्जना गर्नुभएको छ भने, तपाइँले आफ्नो सर्वजनिक प्रोफाइलमा भएको जानकारीलाई तपाइँको Windows Live प्रोफाइलमा गई सम्पादन गर्न वा मेटाउन सक्नुहुनेछ।
विज्ञापन खोज - यदि तपाइँले Microsoft विज्ञापन मार्फत विज्ञापन खोज्नु भयो भने, तपाइँ आफ्नो व्यक्तिगत जानकारीलाई Microsoft adCenter वेब साइटमा समीक्षा गर्न र सम्पादन गर्न सक्नुहुन्छ।
Microsoft साझेदार कार्यक्रमहरू - यदि तपाइँ Microsoft साझेदार कार्यक्रमहरूमा दर्ता हुनुभएको छ भने, तपाइँले आफ्नो प्रोफाइललाई साझेदार कार्यक्रम वेब साइटमा तपाइँको खाता व्यवस्थापन गर्नुहोस् समीक्षा गर्न सम्पादन गर्न सक्नुहुनेछ।
Xbox - यदि तपाइँ एउटा Xbox LIVE वा Xbox.com प्रयोगकर्ता हुनुहुन्छ भने, तपाइँले आफ्नो व्यक्तिगत जानकारीलाई हेर्न र सम्पादन गर्न सक्नुहुनेछ, साथै पुर्जी र खाता जानकारी, गोपनीयता सेटिङ्हरू, अनलाइन सुरक्षा र लगत साझा गर्ने अभिरुचिहरू मेरो Xbox लाई Xbox 360 कन्सोल वा Xbox.com वेबसाइटमा गई हेर्न र सम्पादन गर्न सक्नुहुनेछ। खाता जानकारीको लागि मेरो Xbox, खाताहरू चयन गर्नुहोस्। अरू व्यक्तिगत जानकारी सेटिङ्हरूको लागि, मेरो Xbox चयन गर्नुहोस्, त्यसपछि प्रोफाइल, त्यसपछि अनलाइन सुरक्षा सेटिङ्हरू मा जानुहोस्।
Zune - यदि तपाइँसँग Zune खाता वा Zune Pass सदस्यता छ भने, तपाइँले आफ्नो व्यक्तिगत जानकारीलाई Zune.net मा हेर्न सम्पादन गर्न सक्नुहुनेछ (साइन इन, तपाइँको Zune ट्याग पहुँच गर्नुहोस् र त्यसपछि मेरो खाता मा जानुहोस्) वा Zune सफ्टवेयर मार्फत, (साइन इन, तपाइँको Zune ट्याग पहुँच गर्नुहोस् र त्यसपछि Zune.net प्रोफाइल चयन गर्नुहोस्।)
यदि तपाइँले माथिको लिङ्क मार्फत Microsoft साइटहरू वा सेवाहरूद्वारा सङ्कलन गरिएको वयक्तिगत लगत पहुँच गर्न सक्नुभएन भने, यी साइटहरू र सेवाहरूले तपाइँलाई आफ्नो लगतमा पहुँच राख्ने अरू माध्यमहरू उपलब्ध गराउन सक्छ। तपाइँले Microsoft लाई वेब फारमप्रयोग गरि सम्पर्क गर्न सक्नुहुनेछ। हामी तपाइँले आफ्नो व्यक्तिगत जानकारी पहुँच गर्न वा मेटाउन दिनुभएको अनुरोधलाई 30 दिन भित्र जबाफ दिनेछौँ।
जब एउटा Microsoft साइट वा सेवाले उमेर जानकारी सङ्कलन गर्छ, त्यसले 13 वर्ष मुनीका सबै प्रयोगकर्तालाई बन्देज लगाउनेछ वा मातापिता वा अभिभावकबाट तिनीहहरूको बच्चाले त्यसलाई प्रयोग गर्नु भन्दा अघिे सहमति लिनेछ।
जब सहमति प्राप्त हुन्छ, त्यस बच्चाको खाता अरू कुनै खाता जस्तै समान रूपमा व्यवहार गरिनेछ, साथै अरू प्रयोगकर्ताहरूसँग पनि संवाद गर्न सक्षम हुनेछन्।
मातापिताहरूले यस गोपनीयता कथन मा उल्लेख गरे अनुसार सहमति परिवर्तन वा खारिज गर्न सक्नेछन्।
जब एउटा Microsoft साइट वा सेवाले उमेर जानकारी सङ्कलन गर्छ, त्यसले 13 वर्ष मुनीका सबै प्रयोगकर्तालाई बन्देज लगाउनेछ वा तिनीहरूले त्यसलाई प्रयोग गर्नु भन्दा अगाडि तिनीहरूलाई मातापिता वा अभिभावकबाट सहमति लिन लगाइनेछ। हामीले जानाजान १३ भन्दा मूनिका बालबालिकालाई यस सेवा उपलब्ध गराउनको लागि आवश्यक भए भन्दा बढि जानकारी उपलब्ध गराउन लगाउने छैनौँ।
जब सहमति प्राप्त हुन्छ, बच्चाको खातालाई अरू खाता सरह समान व्यवहार गरिनेछ। बच्चाले सञ्चार सेवाहरू जस्तै इ-मेल, छरितो मेसेजिङ् र अनलाइन सन्देश बोर्डहरू पहुँच गर्न सक्नेछ र सबै उमेरका अरू प्रयोगकर्ताहरूसँग खुला रूपमा संवाद गर्न सक्षम हुनेछन्।
अभिभावकहरूले अघिल्लो पटक गरेको सहमतिलाई पुन: फिर्ता लिन वा परिवर्तन गर्न, समीक्षा गर्न, सम्पादन गर्न वा तिनिहरूको बालबालिकाको व्यक्तिगत जानकारीलाई मेटाउन अनुरोध गर्न सक्नेछन्। उदाहरणका लागि, Windows Live मा, अभिभावकहरूले तिनीहरूको खाता भ्रमण गर्न, र "अभिभावक अनुमतिहरू"मा क्लिक गर्न सक्नेछन्।
Microsoft साइट र सेवाहरूमा रहेका धेरै जसो अनलाइन विज्ञापनहरू Microsoft विज्ञापनद्वारा प्रदर्शन गरिन्छन्। जब हामीले तपाइँलाई अनलाइन विज्ञापनहरू प्रदर्शन गर्छौँ, हामीले तपाइँलाई कुनै विज्ञापन देखाउने बेलामा तपाइँको कम्प्युटर पहिचान गर्नको लागि हामीले एउटा वा थप कुकीहरू राख्ने छौँ। समयसँगै, हामीले साइटहरूबाट जानकारी सङ्कलन गर्न सक्नेछौँ जहाँ विज्ञापनहरू प्रस्तुत गरेर थप सान्दर्भिक विज्ञापनहरू उपलब्ध गराउन मद्दतको लागि त्यस जानकारी प्रयोग गर्छौँ।
तपाइँले हाम्रो अप्ट-आउट पृष्ठभ्रमण गरि Microsoft विज्ञापनबाट आउने लक्ष्यित विज्ञापनहरू प्राप्त गर्नबाट अप्ट आउट गर्न सक्नुहुनेछ।
हाम्रो धेरै जसो वेब साइटहरू र अनलाइन सेवाहरू विज्ञापनद्वारा समर्थन गरिएका छन्।
Microsoft साइट र सेवाहरूमा रहेका धेरै जसो अनलाइन विज्ञापनहरू Microsoft विज्ञापनद्वारा प्रदर्शन गरिन्छन्। जब हामीले तपाइँलाई अनलाइन विज्ञापनहरू प्रदर्शन गर्छौँ, हामीले प्रत्येक पटक कुनै विज्ञापन देखाउने बेलामा तपाइँको कम्प्युटर पहिचान गर्नको लागि हामीले एउटा वा थप रहिरहने कुकीहरू तपाइँको कम्प्युटरमा राख्ने छौँ। किनभने हामीले हाम्रो वेब साइटहरूमा विज्ञापनहरूका साथ-साथै विज्ञापन र प्रकाशक साझेदारहरू पेश गर्छौँ, हामीले तपाइँ वा अरूहरू जसले तपाइँको कम्प्युटर प्रयोग गरेको, भ्रमण गरेको, वा हेरेको पृष्ठहरू, सामग्री र विज्ञापनहरूको प्रकारहरू बारेको जानकारी समयसँगै जम्मा गर्न सक्छौँ। यस जानकारी धेरै उद्देश्यहरूको लागि प्रयोग गरिन्छ, उदाहरणको लागि, यसले हामीलाई तपाइँले एउटै विज्ञापनहरू दोहोर्याई हेर्न नपरोस् भनि पक्का गर्न मद्दत गर्दछ। हामीले लक्ष्यित विज्ञापनहरू चयन र प्रदर्शन गर्न मद्दतको लागि यस जानकारीको प्रयोग गर्छौँ जुन तपाइँको रुचिमा पर्ने हामी विश्वास राख्छौँ।
तपाइँले हाम्रो अप्ट-आउट पृष्ठभ्रमण गरि Microsoft विज्ञापनबाट आउने लक्ष्यित विज्ञापनहरू प्राप्त गर्नबाट अप्ट आउट गर्न सक्नुहुनेछ। Microsoft विज्ञापनले कसरी जानकारी सङ्कलन र प्रयोग गर्दछ भन्ने थपन जानकारीको लागि, कृपया Microsoft विज्ञापन गोपनीयता कथनहेर्नुहोस्।
हाम्रो साइटहरूमा विज्ञापनहरू प्रदर्शन गर्नको लागि, हामीले तेस्रो-पक्ष विज्ञापन कम्पनीहरू, साथै अरू विज्ञापन नेटवर्कहरूलाई अनुमति दिन्छौँ। केही अवस्थाहरूमा, यी तेस्रो पक्षहरूले तपाइँको कम्प्युटरमा कुकीहरू पनि राख्न सक्नेछन्। हाल समावेश गरिएका, तर सिमित नरहेका कम्पनीहरू: 24/7 Real Media, adblade, AdConion, AdFusion, Advertising.com, AppNexus, Bane Media, Brand.net, CasaleMedia, Collective Media, InMobi, Interclick, Jumptap, Millennial Media, Nugg.ad AG, Mobclix, Mojiva, SpecificMedia, Tribal Fusion, ValueClick, Where.com, Yahoo!, YuMe, Zumobi.यी कम्पनीहरूले तिनिहरूको कुकीहरूको आधारमा विज्ञापन लक्ष्यबाट अप्ट आउट गर्ने माध्य प्रदान गर्न सक्नेछ। तपाइँले माथिको कम्पनीको नामहरूमा क्लिक गरि प्रत्येक कम्पनीको वेब साइटहरूमा जाने लिङ्कलाई पछ्याएर थप जानकारी पत्ता लगाउन सक्नुहुनेछ। तिनिहरू मध्ये धेरै जसो नेटवर्क एड्भर्टाइजिङ् इनिसियेटिभ वा डिजिटल एड्भर्टाइजिङ् अलायन्सका सदस्यहरू हुन्, जुन प्रत्येकले सहभागी कम्पनीहरूबाट विज्ञापन लक्ष्यबाट अप्ट-आउट गर्ने सामान्य माध्यम उपलब्ध गराउने गर्दछ।
तपाइँले आफ्नो इ-मेलमा प्राप्त गर्नुभएको विशेष निर्देशनहरूलाई पालना गरि Microsoft साइट वा सेवाबाट आउने भविष्यको समर्थन इ-मेलको वितरण रोक्न सक्नुहुन्छ। सापेक्षिक सेवाको आधारमा, तपाइँले विशेष Microsoft साइटहरू वा सेवाहरूको लागि समर्थन इ-मेल, टेलिफोन कलहरू, र हुलाक पत्रको रसिद बारे सक्रिय रूपमा छनोटहरू गर्ने विकल्पहरू तपाइँसँग हुन सक्नेछ:
यदि तपाइँले हामीबाट समर्थन इ-मेलहरू प्राप्त गर्नुहुन्छ र तिनीहरूलाई भविष्यमा प्राप्त गर्ने क्रम रोक्न चाहनु हुन्छ भने, तपाइँले त्यस सन्देशमा भएको निर्देशनहरू पालना गरि सो गर्न सक्नुहुनेछ।
सापेक्षिक सेवाको आधारमा, तपाइँले विशेष Microsoft साइटहरू वा सेवाहरूको लागि समर्थन इ-मेल, टेलिफोन कलहरू, र हुलाक पत्रको रसिद बारे सक्रिय रूपमा छनोटहरू गर्ने विकल्पहरू निम्न पृष्ठहरूमा भ्रमण गरि साइन इन गरेपछि तपाइँसँग हुन सक्नेछ:
यी छनोटहरू अनलाइन विज्ञापनको प्रदर्शनको लागि लागू हुँदैन: कृपया "विज्ञापनको प्रदर्शन (अप्ट-आउट)" खण्डमा यस सम्बन्धि जानकारीको लागि हेर्नुहोस्। ननै तिनिहरू आदेशीय सेवा सञ्चारहरूको रसीदमा लागू हुनेछन् जुन विशेष Microsoft सेवाहरूको पक्षको रूपमा मानिएका छन्, जुन तपाइँले सामयिक रूपमा सेवा रद्द नगरे सम्म प्राप्त गर्न सक्नुहुनेछ।
Microsoft खाता (विगतमा Windows Live ID र Microsoft Passport भनेर चिनिने) एउटा सेवा हो जसले तपाइँलाई Microsoft उत्पादनहरू, वेब साइटहरू र सेवाहरू, साथै-साथै चयन गरिएको Microsoft साझेदाहरूमा साइन इन गर्न अनुमति दिने गर्दछ। जब तपाइँले Microsoft खाता सिर्जना गर्नुहुन्छ, हामी तपाइँलाई विशेष जानकारी उपलब्ध गर्न लगाउछौँ। जब तपाइँ आफ्नो Microsoft खाता प्रयोग गरि कुनै साइट वा सेवामा साइन इन गर्नुहुन्छ, तपाइँलाई शत्रुभाव प्रयोगबाट बचाउन, र Microsoft खाता सेवाको प्रभावशीलता र सुरक्षा सुरक्षित गर्नको लागि, हामीले साइट वा सेवाको तर्फबाट तपाइँको पहिचान रुजू गर्नको लागि विशेष जानकारी सङ्कलन गर्ने गर्छौँ। तपाइँले आफ्नो Microsoft खाताबाट साइन इन गर्नुभएको साइट वा सेवामा हामीले विशेष जानकारी पठाउने पनि गर्छौँ।
Microsoft खाता बारे थप विवरणहरू हेर्नको लागि, साथै Microsoft खाता कसरी सिर्जना गर्ने, खाता कसरी सम्पान गर्ने, र हामीले Microsoft खातासँग सम्बन्धित जानकारी कारी सङ्कलन र प्रयोग गर्छौँ भन्ने बारे थो विवरणहरू हेर्नको लागि, थप जान्नुहोस् क्लिक गर्नुहोस्।
Microsoft खाता (विगतमा Windows Live ID र Microsoft Passport भनेर चिनिने) एउटा सेवा हो जसले तपाइँलाई Microsoft उत्पादनहरू, वेब साइटहरू र सेवाहरू, साथै-साथै चयन गरिएको Microsoft साझेदाहरूमा साइन इन गर्न अनुमति दिने गर्दछ। यसले निम्न प्रकारका उत्पादनहरू, वेबसाइटहरू र सेवाहरू समावेश गर्दछ:
Microsoft खाता सिर्जना गर्ने।
तपाइँले इमेल ठेगाना, पासवर्ड र अरू "खाता सबूतहरू", जस्तै वैकल्पिक इमेल ठेगाना, फोन नम्बर, र प्रश्न र गुप्त उत्तर उपलब्ध गराई, Microsoft खाता यहाँ सिर्जना गर्न सक्नुहनेछ। हामीले सुरक्षा उद्देश्यको लागि मात्रै "खाता सबूतहरू" प्रयोग गर्नेछौछ - अहिलेको लागि, तपाइँले आफ्नो Microsoft खातामा पहुँच गर्न नसकेको घटनाम सहयाता आवश्यक परेको बेला तपाइँको पहिचान रुजू गर्न, वा यदि तपाइँले आफ्नो Microsoft खातासँग सम्बन्धित इमेल ठेगाना पहुँच गर्न नसक्नु भएको बेला तपाइँको पासवर्ड रिसेट गर्न। केही सेवाहरूमा थप सुरक्षा आवश्यक पर्न सक्छ, र ती अवस्थाहरूमा, तपाइँलाई थप सुरक्षा कुञ्जी सिर्जना गर्न लगाईने सक्नेछ। तपाइँले आफ्नो Microsoft खाताको लागि साइन अप गर्न प्रयोग गर्नुभएको इमेल ठेगाना र पासवर्ड तपाइँको "पत्यारपत्रहरू" हुन जुन तपाइँले हाम्रो सञ्जालसँग प्रमाणीकरण गर्न प्रयोग गर्नुहुनेछ। अझै थपमा, ६४-बिट एकमात्र आई डी नम्बर तपाइँको पत्यारपत्रहरूमा तोकिनेछ र तपाइँको पत्यारपत्रहरू र सम्बन्धित जानकारी पहिचान गर्नको लागि प्रयोग गरिनेछ।
जब तपाइँले Microsoft खाता सिर्जना गर्नुहुन्छ, हामी तपाइँलाई निम्न डेमोग्राफिक जानकारी उपलब्ध गराउन लगाउने छौँ: लिङ्ग; राष्ट्र; जन्ममिति; र हुलाक सङ्केत। हामीले जन्ममितिलाई बालबालिकाले आफ्नो मातापिता वा अभिभावकबाट Microsoft खाता प्रयोग गर्न उपयुक्त सहमति पाएको छ छैन भनि रुजू गर्न प्रयोग गर्न सक्छौँ, जुन स्थानीय कानुनद्वारा आवश्यक छ। थपमा, यस डेमोग्राफिक जानकारीलाई हाम्रो अनलाइन विज्ञापन प्रणालीहरूद्वारा तपाइँलाई उपयोगी हुन सक्ने उत्पादनहरू र सेवाहरू बारे व्यक्तिगतकरण गरिएको विज्ञापनहरू उपलब्ध गराउन प्रयोग गरिन्छ, तर हाम्रो विज्ञापन प्रणालीहरूले तपाइँको नाम र सम्पर्क कहिले पाउने छैन। अरू शब्दमा, हाम्रो विज्ञापन प्रणालीहरूले तपाइँलाई व्यक्तिगर रूपमा वा प्रत्यक्ष रूपमा तपाइँलाई पहिचान गर्न सक्ने जानकारी समावेश वा प्रयोग गर्ने छैन (जस्तै तपाइँको नाम, इमेल ठेगाना र फोन नम्बर)। यदि तपाइँले व्यक्तिगतकरण गरिएको विज्ञापनहरू प्राप्त गर्न रुचाउनु हुन्छ भने, तपाइँले आफ्नो अभिरुचिलाई आफ्नो Microsoft खातासँग यस पृष्ठ मा भ्रमण गरि दर्ता गर्न सक्नुहुनेछ ताकि तपाइँले जुनै बेला पनि आफ्नो Microsoft खातासँग वेब साइटहरू वा सेवाहरूमा साइन इन गर्नुहुन्छ, हाम्रो विज्ञापन प्रणालीले तपाइँलाई व्यक्तिगतकरण गरिएको विज्ञापनहरू पस्किने छैन। Microsoft ले विज्ञापनको लागि कसरी जानकारी प्रयोग गर्दछ भन्ने थप जानकारीको लागि, कृपया Microsoft विज्ञापन गोपनीयता परिपूरणहेर्नुहोस्।
तपाइँले Microsoft द्वारा उपलब्ध गराइएको इमेल ठेगाना (जस्तै live.com, hotmail.com, वा msn.com मा अन्त्य हुने) वा तेस्रो पक्षद्वारा उपलब्ध गराइएको इमेल ठेगाना (जस्तै gmail.com वा yahoo.com मा अन्त्य हुने) आफ्नो Microsoft खातामा साइन अप गर्दा प्रयोग गर्न सक्नुहुनेछ।
Microsoft खाता सिर्जना गर्नाले, तपाइँको Microsoft खातासँग सम्बन्धित इमेल ठेगानाको तपाइँ मालिक हुनुहुन्छ भन्ने रुजू गर्नको लागि हामीले तपाइँलाई एउटा रुजू इमेल पठाउने छौँ। यसलाई इमेल ठेगानाको वैधानिकता रुजू गर्न र इमेल ठेगानाहरू तिनीहरूको मालिको अनुमति बिना प्रयोग हुनबाट रोक्न मद्दतको लागि परिकल्पना गरिएको हो। त्यसपछि, हामीले Microsoft उत्पादनहरू र सेवाहरूमा रहेको तपाइँको प्रयोगसँग सम्बन्धित संवादहरू पठाउन त्यस इमेल ठेगानाको प्रयोग गर्नेछौँ; हामीले तपाइँलाई स्थानीय नियमले अनुमति दिए अनुसार Microsoft उत्पादनहरू र सेवाहरू बारे समर्थन इमेलहरू पठाउन पनि सक्नेछौँ। तपाइँले समर्थन संवादहरू प्राप्त गर्ने क्रम व्यवस्थित गर्ने बारे थप जानकारीको लागि, कृपया संवादहरूभ्रमण गर्नुहोस्।
यदि तपाइँले Microsoft खाताको लागि दर्ता गर्ने प्रयास गर्नुभयो र अर्कै व्यक्तिद्वारा तपाइँको इमेल ठेगानालाई प्रयोगकर्ता नामको रूपमा पत्यारपत्रहरू सिर्जना गरिसकेको पत्ता लगाउनु भयोभने, तपाइँले अर्को व्यक्तिले भिन्नै प्रयोगकर्ता नाम लिन भनि हामीलाई सम्पर्क गरि अनुरोध गर्न सक्नुहुनेछ ताकि तपाइँले आफ्नो पत्यारपत्रहरू सिर्जना गर्दा तपाइँले आफ्नो इमेल ठेगाना प्रयोग गर्न सक्नुहोस्।
तपाइँको Microsoft खातासँग सफ्टवेयर, साइटहरू वा सेवाहरूमा साइन इन गर्ने।
जब तपाइँ आफ्नो Microsoft खाता प्रयोग गरि कुनै साइट वा सेवामा साइन इन गर्नुहुन्छ, तपाइँलाई शत्रुभाव प्रयोगबाट बचाउन, र Microsoft खाता सेवाको प्रभावशीलता र सुरक्षा सुरक्षित गर्नको लागि, हामीले साइट वा सेवाको तर्फबाट तपाइँको पहिचान रुजू गर्नको लागि विशेष जानकारी सङ्कलन गर्ने गर्छौँ। अहिलेको लागि, जब तपाइँ साइन इन गर्नुहुन्छ, Microsoft खाता सेवाले तपाइँको पत्यारपत्रहरू र अरू जानकारी प्राप्त गर्ने र लग गर्ने गर्दछ, जस्तै तपाइँको पत्यारपत्रहरूको लागि तोकिएको 64-बिट बेजोड आइ डी नम्बर, तपाइँको IP ठेगाना, तपाइँको वेब ब्राउजर संस्करण र समय र मिति। अझै, यदि तपाइँले यन्त्रमा वा यन्त्रमा स्थापित सफ्टवेयरमा साइन गर्न Microsoft खाता प्रयोग गर्नुभयो भने, एउटा अनियमित बेजोड आइ डी यन्त्रको लागि तोकिनेछ; यस अनियमित बेजोड आइ डी तपाइँको पत्यारपत्रहरूको एउटा पक्षको रूपमा Microsoft खाता सेवामा पठाइनेछ जब तपाइँले त्यस लगतै आफ्नो Microsoft खातासँग कुनै साइट वा सेवामा साइन इन गर्नुहुनेछ। Microsoft खाता सेवाले निम्न जानकारी तपाइँले साइन इन गर्नुभएको साइट वा सेवामा पठाउने गर्दछ: एउटा बेजोड आइ डी नम्बर जसले साइट वा सेवालाई एउटा साइन-इन सत्रबाट अर्कोमा समान व्यक्ति भएको नभएको; तपाइँको खाताको लागि तोकिएको संस्करण नम्बर (तपाइँले आफ्नो साइन-इन जानकारी परिवर्तन गरेको प्रत्येक समय नयाँ नम्बर तोकिनेछ); तपाइँको इमेल ठेगाना पुष्टी भएको नभएको; र तपाइँको खआता असक्रिय गरिएको नगरिएको निर्धारण गर्न अनुमति दिनेछ।
तपाइँलाई आफ्नो Microsoft खातामा साइन इन गर्न अनुमति दिने केही तेस्रो पक्ष साइटहरू र सेवाहरूलाई तपाइँलाई तिनीहरूको सेवा उपलब्ध गराउनको लागि तपाइँको इमेल ठेगाना आवश्यक पर्दछ। त्यस अवस्थाहरूमा, जब तपाइँ साइन इन गर्नुहुन्छ, Microsoft ले ती साइट वा सेवालाई तपाइँको इमेल ठेगाना उपलब्द गराउने छ तर तपाइँको पासवर्ड उपलब्द गराउँदैन। तापनि, यदि तपाइँले साइट वा सेवासँग आफ्नो पत्यारपत्रहरू सिर्जना गर्नुभएको छ भने, तपाइँलाई आफ्नो पासवर्ड रिसेट गर्न वा अरू समर्थन सेवाहरू उपलब्ध गराउन मद्दतको लागि यससँग तपाइँको पत्यारपत्रहरूसँग सम्बन्धित जानकारीमा सीमित पहुँच हुन सक्छ।
यदि तपाइँले आफ्नो खाता तेस्रो पक्ष जस्तै स्कूल, व्यवसाय, इन्टरनेट सेवा प्रदायक, वा व्यवस्थित डोमेनको व्यवस्थापकबाट प्राप्त गर्नुभएको छ भने, त्यो तेस्रो पक्षसँग तपाइँकलो खाता माथि अधिकार हुन सक्छ, साथै तपाइँको पासवर्ड रिसेट गर्ने, तपाइँको खाता प्रयोग वा प्रोफाइल लगत हेर्ने, तपाइँको आतामा रहेको सामग्री पढ्ने वा भण्डारण गर्ने, र तपाइँको खाता निलम्बन वा रद्द गर्ने कुराहरू गर्न सक्छ। यी अवस्थाहरूमा, तपाइँ Microsoft सेवा सम्झौता र त्यो तेस्रो पक्षबाट प्रयोगका अरू थप सर्तहरूको विषयमा पर्नु भएको छ। यदि तपाइँ व्यवस्थित डोमेनको व्यवस्थापक हुनुहुन्छ र आफ्नो प्रयोगकर्ताहरूलाई Microsoft खाताहरू उपलब्ध गराउनु भएको छ भने, त्यस्ता खाताहरू भित्र हुने सबै गतिविधिहरू जिम्मेवार व्यक्ति तपाइँ हुनुहुनेछ।
कृपया याद गर्नुहोस् कि तपाइँलाई आफ्नो Microsoft खातासँग साइन इन गर्न अनुमति दिने साइटहरू वा सेवाहरूले तपाइँले तिनीहरूलाई तिनीहरूको गोपनीयता कथनमा व्याख्या गरे अनुसार तपाइँले उपलब्ध गराउनु भएको इ-मेल ठेगाना वा अरू व्यक्तिगत जानकारीलाई प्रयोग वा साझा गर्न सक्नेछ। तापनि, तिनिहरूले तपाइँले अनुरोध गर्नुभएको कुनै सेवा वा लेन-देन पूरा गर्न तिनीहरूको Microsoft खाता सेवाद्वारा उपलब्ध गराइएको एकमात्र आई डी नम्बर तेस्रो पक्षहरूसँग मात्रै साझा गर्न सक्नेछ। सबै साइट र सेवाहरू जस्ले Microsoft खाताको प्रयोग गर्दछ तिनीहरूले पोस्ट गरिएको गोपनीयता कथन राख्न आवश्यक छ, तर हामीले ती साइटहरूको गोपनीयता अभ्यासहरू नियन्त्रण र निरीक्षण गर्दैनौँ, र तिनीहरूको गोपनीयता अभ्यासहरू भिन्नै हुने गर्छन्। प्रत्येक साइट र सेवाले सङ्कलन गरेको जानकारी कसरी प्रोयग गर्छ भन्ने थाहा पाउनको लागि ध्यान दिएर तपाइँले साइन इन गर्ने प्रत्येक साइटको लागि गोपनीयता कथन समीक्षा गर्न जरुरी छ।
तपाइँले आफ्नो व्यक्तिगत जानकारी खातामा गइकन पहुँच गर्न सक्नुहुनेछ। यदि तपाइँको Microsoft खाता व्यवस्थित डोमेनमा मिल्दैन भने तपाइँले आफ्नो नाम परिवर्तन गर्न सक्नुहुनेछ। तपाइँले आफ्नो पासवर्ड, वैकल्पिक इमेल ठेगाना, फोन नम्बर, र प्रश्न र गोप्य उत्तर सधैँ परिवर्तन गर्न सक्नुहुनेछ। तपाइँले आफ्नो Microsoft खातालाई खाता, त्यसपछि "तपाइँको खाता बन्द गर्नुहोस्" मा गइकन बन्द गर्न सक्नुहुनेछ। यदि तपाइँको खाता माथि व्याख्या गरे अनुसार, व्यवस्थित डोमेन हो भने, तपाइँको खाता बन्द गर्नको लागि विशेष प्रक्रिया हुन सक्छ। कृपया याद राख्नुहोस् कि यदि तपाइँ MSN वा Windows Live प्रयोगकर्ता हुनुहुन्छ भने, यदि तपाइँ खातामा जानुभयो भने, तपाइँलाई ती साइटहरूको खातामा पुन: निर्देशित गर्न सकिनेछ।
Microsoft खाता बारे थप जानकारी Microsoft खाता वेब साइटमा उपलब्ध छन्।
यसको बारेमा थप जान्नुहोस्
तल तपाइँले थप गोपनीयता जानकारी पाउन सक्नुहुन्छ जुन तपाइँलाई महत्त्वपूर्ण लाग्न (वा नलाग्न) सक्छ। यसको प्राय कुराहरूले हामीले तपाइँलाई थाहा दिन चाहेको सामान्य अभ्यासहरू व्याख्या गर्दछ तर यसलाई हाम्रो गोपनीयता कथणहरूको सबैलाई हाइलाइट गर्न आवश्यक छ भन्ने नठान्नुहोस। र यसका केहीले भने स्पष्ट कुराहरू व्यक्त गर्दैछ (उदाहरणको लागि, कानुनलाई आवश्यक परेको बेला मात्रै हामीले जानकारी खुलासा गर्छौँ), तर हाम्रो वकिलहरूले हामी जसरी पनि भन्न लगाउनेछ। यो कुरा दिमागमा राख्नुहोस् कि यस जानकारी हाम्रो अभ्यासहरूको पूरा वर्णन होइन - यो सबै अरूहरूको थप मा हो, तपाइँले प्रयोग गर्ने प्रत्येक Microsoft उत्पादन र सेवाको लागि गोपनीयता कथनहरूमा समावेश गरिएको थप विशेष जानकारी।
यस पृष्ठमा:
व्यक्तिगत जानकारी साझा वा खुलासा गर्ने
तपाइँले प्रयोग गरि राख्नु भएको उत्पादन वा सेवाको गोपनीयता कथनमा व्याख्या गरिएको कुनैपनि साझाको थपमा, Microsoft ले व्यक्तिगत जानकारी साझा वा खुलासा गर्न सक्नेछ:
हामीले व्यक्तिगत जानकारी, साथै तपाइँको संवादहरूको सामग्री पनि साझा वा खुलासा गर्न सक्नेछौँ।
कृपया याद गर्नुहोस् कि हाम्रो साइटहरूले तेस्रो-पक्षका साइटहरूको लिङ्कहरू समावेश गर्न सक्छ जस्तो गोपनीयता कार्यप्रणालीहरू Microsoft भन्दा भिन्न हुन सक्छ। यदि तपाइँले ती मध्ये कुनैपनि साइटहरूलाई व्यक्तिगत जानकारी बुझाउनु भयो भने, तपाइँको जानकारीलाई ती साइटहरूमा भएका गोपनीयता कथनहरूद्वारा निर्णय गरिन्छ। हामी तपाइँलाई तपाइँले भ्रमण गर्नुभएका कुनैपनि साइटको गोपनीयता कथन समीक्षा गर्न प्रोत्साहन गर्छौं।
व्यक्तिगत जानकारीको सुरक्षा संरक्षण गर्ने
Microsoft ले तपाइँको व्यक्तिगत जानकारीको सुरक्षालाई सुरक्षित राख्नमा तत्पर छ। हामीले तपाइँको व्यक्तिगत जानकारीलाई अधिकार प्राप्त नभएका पहुँच, प्रयोग वा खुलासाबाट सुरक्षा प्रदान गर्न मद्दतको लागि विभिन्न सुरक्षा प्रविधिहरू र प्रक्रियाहरूको प्रयोग गर्ने गर्छौँ। उदाहरणको लागि, हामीले तपाइँले कम्प्युटर प्रणालीमा उपलब्ध गराएको व्यक्तगत जानकारी भण्डारण गर्छौँ जसको सीमित पहुँच हुने गर्दछ र नियन्त्रीत सुविधाहरूमा हुन्छन्। जब हामीले इन्टरनेट मार्फत उच्च गोपनीयता भएका जानकारी हस्तान्तरण गर्नुहुन्छ (जस्तै क्रेडिट कार्ड नम्बर वा पासवर्ड), हामीले त्यसलाई गुप्तीकरण प्रयोग गरि सुरक्षित राख्छौँ, जस्तै Secure Socket Layer (SSL) प्रोटोकल।
यदि तपाइँको खाताहरू र व्यक्तिगत जानकारी सुरक्षित राख्न पासवर्डको प्रयोग गरिएको छ भने, आफ्नो पासवर्ड गोप्य राख्नु तपाइँको जिम्मेवारी हो। यसलाई साझा नगर्नुहोस्। यदि तपाइँले कुनै कम्प्युटर कसैसँग साझा गर्दैहुन्छ भने तपाइँले त्यसपछिको प्रयोगकर्ताले त्यस जानकारीमा पहुँच गर्नबाट संरक्षण गर्नको लागि कुनै साइट वा सेवा छोड्नु भन्दा अगाडि लग आउट गर्नु आवश्यक छ।
कहाँ जानकारी भण्डार र प्रशोधन हुन्छ
Microsoft साइट र सेवाहरूमा संकलन गरिएका व्यक्तिगत जानकारी संयुक्त राज्यहरू वा कुनैपनि अन्य देश जहाँ Microsoft वा यसको सम्बन्धित संस्थाहरू, सहायक प्रतिष्ठानहरू वा सेवा प्रदायकहरू व्यव्थित सुविधा केन्द्रहरूमा भण्डारण र प्रशोधन गरिनेछ। युरोपियन आर्थिक क्षेत्र, र स्विटजर्ल्यान्डबाट आउने लगतको सङ्कलन, प्रयोग र रोकावटसँग सम्बन्धित यू.एस. वाणिज्य विभागद्वारा बताए अनुसार Microsoft ले U.S.-EU सुरक्षा हार्वर फ्रेमवर्क र U.S.-Swiss सुरक्षा हार्वर फ्रेमवर्कको पालना गर्छ। सुरक्षित हार्वर कार्यक्रमको बारेमा थप थाहा पाउन र हाम्रो प्रमाणिकरण हेर्न, कृपया http://www.export.gov/safeharbor/ भ्रमण गर्नुहोस्।
सेफ हार्बर कार्यक्रममा Microsoft को सहभागीको रुपमा, हाम्रो नीति र अभ्यासहरूसँग भएको तपाईंको मतभेद समाधान गर्न, हामी एउटा स्वतन्त्र तेस्रो पक्षको TRUSTe प्रयोग गर्छौं। यदि तपाईं TRUSTe लाई सम्पर्क गर्न चाहनुहुन्छ भने, कृपया https://feedback-form.truste.com/watchdog/request भ्रमण गर्नुहोस्।
Microsoft ले तपाइँको व्यक्तिगत जानकारी विभिन्न कारणले गर्दा कायम राख्न सक्छ, जस्तै हाम्रो कानुनी दायित्वहरूसँग सहमति गराउन, वादविवाद मिलाउन, हाम्रो सम्झौताहरू प्रचलनमा ल्याउन, र सेवाहरू उपलब्ध गराउन आवश्यक परेसम्म। आफ्नो व्यक्तिगत जानकारी कसरी पहुँच गर्ने भनेर जान्नको लागि, तपाइँको जानकारी पहुँच गर्न।
हाम्रो गोपनीयता कथनहरूमा भएको परिवर्तनहरू
हामीले कहिलेकाहीँ उपभोक्ताको प्रतिक्रिया र हाम्रो सेवाहरूमा परिवर्तनहरू झल्काउनको लागि हाम्रो गोपनीयता कथनहरू अद्यावधिक गर्ने गर्छौँ। जब हामीले एउटा कथनमा परिवर्तनहरू पोस्ट गर्छौँ, हामीले यस कथनको सबै भन्दा माथि "अन्तिम पटक अपडेट गरिएको" मिति संशोधन गर्नेछौँ। यदि यस विज्ञप्तिमा सामग्री वा Microsoft ले कसरी तपाइँको व्यक्तिगत जानकारी प्रयोग गर्दछ भन्ने कुरामा परिवर्तनहरू छन् भने, परिवर्तनले प्रभाव पार्नुभन्दा अघि त्यस्ता परिवर्तनहरू बारे प्रत्यक्ष रूपमा सुचना पोस्ट गरि वा सिधै तपाइँलाई सूचना पठाई हामी तपाइँलाई सूचित गर्नेछौँ। Microsoft ले तपाइँको जानकारी कसरी सुरक्षा गर्छ भन्ने कुरा थाहा पाउनको लागि हामी तपाइँलाई सामयिक रूपमा तपाइँले प्रयोग गर्ने उत्पादनहरू र सेवाहरूको गोपनीयता कथनहरू समीक्षा गर्न प्रोत्साहन गर्छौं।
हामीलाई कसरी सम्पर्क राख्ने
Microsoft Privacy, Microsoft Corporation, One Microsoft Way, Redmond, Washington 98052 USA
तपाईंको देश वा क्षेत्रमा Microsoft सहायक पत्ता लगाउन, http://www.microsoft.com/worldwide/ मा हेर्नुहोस्।
FTC गोपनीयता प्रारम्भिकहरू
घरमा सुरक्षा
Trustworthy Computing